जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकको संचालकमा अनिल ज्ञवाली नियुक्त, बैकिङ्ग क्षेत्रमा साढे तीन दशक लामो अनुभव

सिटिजन्स बैंकको संचालकमा अनिल ज्ञवाली नियुक्त, बैकिङ्ग क्षेत्रमा साढे तीन दशक लामो अनुभव

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०८१ साल असार २४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार अनिल ज्ञवालीलाई बैंकको संचालकमा नियुक्त गरेको छ । बैठकले आजैका मिति देखि लागु हुनेगरि ज्ञवालीलाई बैंकको संचालकमा नियुक्त गरेको हो ।

नव नियुक्त संचालक ज्ञवालीसँग बैंकिंग क्षेत्रमा करिव साढे तीन दशक लामो अनुभव रहेको छ । शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सक्नु भएको छ ।

वाणिज्य बैंकमा सहायक प्रबन्धक बाट बैंकिंग पेशा शुरु गर्नु भएका ज्ञवालीसँग नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५७ जिल्लामा आप्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्षमा थप ३ शाखा विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

3025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?