जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • आवेदन दिने म्याद एकदिन बाँकि हुदै ज्योति लाइफको आईपिओमा नयाँ रेकर्ड

आवेदन दिने म्याद एकदिन बाँकि हुदै ज्योति लाइफको आईपिओमा नयाँ रेकर्ड

ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा हालसम्म कै बढी आवेदन परेको छ । कम्पनीको आईपिओमा आज साँझ सम्ममा १५ लाख ७० हजार ४ सय १४ जना आवेदकबाट  ३ करोड ३४ लाख ६७ हजार ५ सय ७० कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

लगानीकर्ताको संख्याको हिसाबमा कुनै पनि आईपिओमा साढे १५ लाख बढीको आवेदन परेको यो नै पहिलो पटक हो । यस अघि महिला लघुवित्तको आईपिओमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए । आवेदन दिने समय एक दिन बाँकि रहदै ज्योति लाइफले सो रेकर्ड तोडेको हो ।

शुक्रबारबाट खुलेको कम्पनीको आईपीओमा शुक्रबार नै २ लाख ८८ हजार ५५५ आवेदकबाट ७३ लाख ८५ हजार ५९० कित्ताको लागि आवेदन परेको थियो । ज्योति लाइफले फागुन २१ गतेदेखि १०० अंकित दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको छ ।

बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।   लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन् ।

लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्ने छन् । फागुन २४ गते महिला दिवस र २२ गते शनिवारको सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ६ दिन बिक्रि खुला रहने भएको हो । लगानीकर्ताले मेरोशेयर अनलाइनबाट र सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।

आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ ।

4155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका