जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • हिमालयन बैंकले पाटन दरबार क्षेत्रको मन्दिर पुनर्निर्माणका लागि एक करोड रुपैयाँ दियो

हिमालयन बैंकले पाटन दरबार क्षेत्रको मन्दिर पुनर्निर्माणका लागि एक करोड रुपैयाँ दियो

हिमालयन बैंकले  पाटन दरबार क्षेत्रको पुरातात्विक महत्वका मन्दिर पुनर्निर्माणका लागि एक करोड रुपैयाँ दिएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई सो रकम दिएको हो।

बैंक संचालक समितिका अध्यक्ष तुलसीप्रसाद गौतमले ट्रष्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहित कुमार रन्जितकारलाई रकम हस्तान्तरण गरेको हो। बैंकका कार्यकारी अधिकृत अशोकशम्सेर राणा, बैंकका महाप्रबन्धकहरु सुशिल जोशी, अनुप मास्के, सहायक महाप्रबन्धक विपिन हाडा तथा ट्रष्टका संचालक प्रतिमा पाँडेको उपस्थिति थियो।

र्बैंकले आफ्नो स्थापना काल देखिनै स्वास्थ्य, शिक्षा, प्राकृतिक विपत्तिमा परेकाहरु, संस्कृतिक सम्पदाहरुको संरक्षण, वित्तिय साक्षरतामा सहयोग गर्दै आएको जनाएको छ।

7050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका