जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एभरेष्ट बैंकको सेवा अटोमेसनमा लैजान क्‍विक फक्ससँग सम्झौता

एभरेष्ट बैंकको सेवा अटोमेसनमा लैजान क्‍विक फक्ससँग सम्झौता

एभरेष्ट बैंकले आफ्ना सेवाहरु अटोमेसनमा लैजान क्‍विक कन्सल्टिङ प्रालिसँग सम्झौता गरेको छ। सम्झौतासँगै रोबोटिक प्रोसेस अटोमेसनको यात्रा सुरु भएको बताइएको छ। बैंकले निरन्तर रुपमा सबल, प्रतिस्पर्धी तथा आफ्ना ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्ने सोचका साथ अटोमेसनको यात्रा सुरु गरेको बैंकले जनाएको छ।

बैंकले प्रदान गर्ने सेवाहरुमा रहेका अधिकांश प्रक्रियाहरु दोहोरिने, प्रक्रियागत रुपमा सञ्चालन नहुने र एकै प्रकृतिका समेत हुने र त्यसलाई पूरा गर्न धेरै मानव संशाधनहरु समावेश गर्नुपर्ने र मानवीय हस्तक्षेपको कारणले गर्दा कतिपय कार्यहरु समेत ढिलो र त्रुटीपुर्ण हुन सक्ने भएकाले बैंकले रोबोटिक प्रोसेस अटोमेसनको यात्रा गरेको बताइएको छ।

बैंकमा हालसम्म १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन्।

3990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?