जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • इन्भेष्टमेण्ट बैंकले ल्यायो पैसा पठाउने एप,

इन्भेष्टमेण्ट बैंकले ल्यायो पैसा पठाउने एप,

नेपाल इन्भेष्टमेण्ट बैंकले पैसा पठाउ नामक एप ल्याएको छ । जस अन्तर्गत भारतबाट नेपालमा सजिलै पैसा पठाउन सकिने बैंकको भनाइ छ ।

यस एपमार्फत् भारतमा रहेका व्यक्तिले आफ्नो मोबाइलबाट सजिलै २४ घण्टा नै यो सेवामार्फत् नेपाल पैसा पठाउन सक्नेछन् । पैसा पठाउ एप सुरक्षित, तीव्र र सहज भएको बैंकको भनाइ छ । यो एपबाट भारतमा विदाको दिनमा पनि प्रयोग गरी पैसा नेपाल पठाउन सकिनेछ ।

पैसा पठाउ एप डिजिटल मोबाइल पेमेन्ट प्लेटफर्म हो । जसलाई भारतको केन्द्रीय बैंकले अनुमति दिएको छ । यो भीम, यूपीआइ, गुगल पे, मोबाइल पे, पेटीएम, ह्वाट्स एप पे, भारत पे एन्ड एनइएफटी/आइएमपीएस जस्ता सेवा प्रदायक जस्तै मान्यता पाएको छ ।

भारतमा रहेका नेपालीहरुले ५० हजार भारुका दरले वर्षमा बढीमा १२ पटकसम्म पैसा नेपाल पठाउन पाउनेछन् ।

7400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?