जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ‘आईएमई पे’ लाई ‘पीसीआई डीएसएस-४.०’ प्रमाणीकरण

‘आईएमई पे’ लाई ‘पीसीआई डीएसएस-४.०’ प्रमाणीकरण

आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ ले हालै सिसा ‘पीसीआई डीएसएस-४.०’ प्रमाणीकरण प्राप्त गरेको छ ।

यो प्रमाणीकरणबाट आईएमई पे नेपालकै पहिलो पीसीआई डीएसएस ४.० प्राप्त गर्ने संस्था हुनुको साथै सबैभन्दा सुरक्षित तथा भरपर्दो विधुत्तिय भुक्तानी माध्यम बन्न सफल भएको छ ।

आफ्नो स्थापनाकाल देखिनै सेवाग्राहीहरूको व्यक्तिगत जानकारी तथा विवरणहरूको विशेष सुरक्षा गर्दै आएको ‘आईएमई पे’ ले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पीसीआई डीएसएसको मापदण्ड पूरा गरी सो प्रमाणीकरण प्राप्त गरेको कम्पनीले जनाएको छ ।

सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नवीकरण गरिन्छ। यसैक्रममा यो वर्ष पनि आईएमई पे ले सिसा पीसीआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरू पुराएर नवीकरण गरेको छ।

आईएमई पेले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकको निजी तथा संवेदनशील जानकारीहरूको गोपनियता कायम गर्नका साथै डाटा उल्लंघन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको जनाइएको छ ।

2175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका