जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • दुई बैंक हातमा पञ्जा फिट भएजसरी मिलेका छौँ’ : अध्यक्ष, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

दुई बैंक हातमा पञ्जा फिट भएजसरी मिलेका छौँ’ : अध्यक्ष, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले अव आफ्नो नम्बर १ बैंक बन्ने मिसन सुरु भएको बताएका छन् । तत्कालीन मेगा बैंक र तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर सम्पन्न भएपछि सुरु गरिएको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर हातमा पन्जा फिट भएजसरी मिलेकोसमेत दाबी गरेका छन्।
साथै उनले आफुहरु साइजमा मात्र नभई सर्भिसमा पनि नम्बर १ बैंक बन्ने दाबी गरेका छन् । कर्मचारी व्यवस्थापनमा अहिले पनि नम्बर १ भएको दाबी गर्दै उनले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक थप शशक्त बन्ने दाबीसमेत गरेका छन् ।

कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले एकपछि अर्को लगातार भईरहेको बिग मर्जरले नेपाली बैंकिङ क्षेत्रमा छुट्टै सिनर्जी ल्याएकोसमेत बताएका छन् । बिग मर्जरले सिनर्जी ल्याईरहेका बेला नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीचको मर्जरले थप उत्साह थपेको पाँडेको भनाई छ ।

पाँडेले नेपालमा वाणिज्य बैंकहरूको संख्या ८ मा झर्नेसमेत बताएका छन् ।  विभिन्न देशको उदाहरण दिँदै उनले दोस्रो चरणको कन्सुलुडेसन योजना अन्तर्गत मर्जर भएर बैंकहरुको संख्या ८ मा झर्ने बताए। बैंक जति ठुलो हुन्छ, त्यति नै सुरक्षित हुने बताउँदै उनले ‘टु बिग टु फेल’ भन्ने मान्यतासँग आफू सहमत नभएको दाबी गरे ।

दुवै बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर भएको हो । योसँगै अब मेगा बैंकमा १०० कित्ता सेयर हुनेले नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता सेयर पाउनेछन् ।

मर्जरपछि बैंकको कुल चुक्ता पूँजी करिब ३५ अर्ब पुग्नेछ । त्यस्तै, जगेडा कोषमा पनि १९ अर्ब ७५ करोड रुपैयाँ रहनेछ भने निक्षेप संकलन साढे ३ खर्ब र कर्जा लगानी सवा तीन खर्ब पुग्ने भएको छ ।
मर्जरपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे रहनेछन् भने मर्जरपछि बैंकको सीईओमा ज्योतिप्रकाश पाण्डेय रहनेछन् । बैंकको बरिष्ठ नायम प्रमुख कार्यकारी अधिकृतमा मेगाका महेश खनाल रहनेछन् ।

1075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?