जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विओकेको विभिन्न बससेवाहरुमा क्यूआर कोड सुबिधा

विओकेको विभिन्न बससेवाहरुमा क्यूआर कोड सुबिधा

बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार विस्तारित गर्नेक्रममा पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा भाडा संकलनार्थ क्यूआर कोडको सेवा २०७७ फाल्गुण २८ गते बिहिबार एक औपचारीक कार्यक्रमका बिच शुभारम्भ भएको हो । उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडको प्रदेश नं १ को प्रादेशीक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधीहरुलाई क्यूआर कोड हस्तान्तरण गर्नुभयो ।

यस सेवाको शुभारम्भ संगै पूर्वी नेपाल यातायातमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म यात्रा गर्नुहुने सम्पूर्ण महानुभावहरुले बसमा राखीएको बैंक अफ काठमाण्डू लिमिटेडले हस्तान्तरण गरेको क्यूआर कोड लाई स्क्यान गरी बस भाडा भुक्तानी गर्न सक्नुहुनेछ ।

साथै, कंकाई माई पाथीभरा यातायातद्वारा सञ्चालित ७ वटा बसहरुले काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म बस सेवाको सुबिधा दिईरहेकोमा अब उपरान्त् यस बससेवा प्रयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुले क्यूआर कोड स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सक्नुहुनेछ ।

साथै, यस बैंकद्वारा राखिएको क्यूआर कोड छोटो दुरीको यातायात सेवाहरुमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म सञ्चालित हुने सुपर जनसेवा यातायात समितिका ५ बसहरुमा क्यूआर कोड स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सकिनेछ । आदरणीय सेवाग्राही महानुभावहरुले टिकट काउन्टरमा टिकट दर्ता गरी भुक्तानी गर्दा वा सिधै बसमा नै भाडा भुक्तानी गर्दा बैंकद्वारा हस्तान्तरण गरीएको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नुहुनेछ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । यस संगै बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना शाखा कार्यालयहरुलाई परिचालन गरी देशका विभिन्न ब्यापारीक तथा अन्य स्थानहरुमा क्यूआर कोड राखी डिजिटल कारोबारको लागी ग्राहक महानुभावहरुलाई उत्प्रेरित गरीरहेको छ ।

8815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका