जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • १० जीवन बीमा कम्पनी आईपिओ निष्काशन तयारीमा

१० जीवन बीमा कम्पनी आईपिओ निष्काशन तयारीमा

नेपालका १० जीवन बीमा कम्पनीहरुले आइपीओ निस्कासनको तयारी गरिरहेका छन् । महालक्ष्मी लाईफ, यूनियन लाईफ, प्रभु लाईफ, सन लाईफ, रियाबल, आईएमई लाईफ, सानिमा, रिलायन्स, सिटिजन्स र ज्योती लाईफ इस्योरेन्स आईपीओ निस्कासनको अन्तिम तयारीमा रहेको खुल्न आएको छ । जीवन बीमा कम्पनीमा कुन कम्पनी बलियो अथवा कसको वित्तिय अवस्था राम्रो छ भनेर थाहा पाउन उसको जीवन बीमा कोष हेर्नु पर्छ। प्राप्त कुल बीमाशुल्कको अनुपातमा जस्को जीवन बीमा कोष राम्रो छ त्यसैलाई नै राम्रो मानिन्छ र पोलिसी बोनस पनि राम्रो आउँछ ।

जीवन बीमा कम्पनीमा जीवन बीमा कोष कसरी बन्छ भन्ने महत्वपुर्ण हुन्छ । समान्यतया प्रत्येक त्रैमासिक, अर्धवार्षिक वा वार्षिक हिसाव गणना गर्दा प्राप्त कुल बीमा शुल्कमा सो अवधिको आम्दानीको ९० प्रतिशत जोडेर कुल आयमा पोलिसी सम्बन्धि सम्पुर्ण खर्च जस्तै कमिशन, इन्सेन्टिभ, पूनर्वीमा र सम्बन्धित अन्य खर्च, मृत्यु दाबी भुक्तानी, अवधि भुक्तानी र व्यवस्थापन खर्चको ९० प्रतिशत खर्च घटाएर आउने बाँकी खुद रकम जीवन बीमा कोषमा सारिन्छ। आम्दानीको १० प्रतिशत र व्यवस्थापन खर्चको १० प्रतिशत नाफा नोक्सान हिसाबमा सारिन्छ ।

यसरी जीबन बीमा कोषको निर्माणमा आम्दानी, खर्च र मृत्यु दाबी भुक्तानीको भूमिका बढी हुन्छ । जसको खर्च अत्याधिक छ वा जसको मूत्यु दावी भुक्तानी बढी छ त्यो कम्पनीको जीवन बीमा कोष कमजोर हुन्छ ।

6510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका