जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सको प्रिमियम भुक्तानी अब क्युआर स्क्यानबाटै गर्न सकिने

एनएलजी इन्स्योरेन्सको प्रिमियम भुक्तानी अब क्युआर स्क्यानबाटै गर्न सकिने

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले क्यूआर स्क्यान गरी प्रिमियम भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ । कम्पनीले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै कम्पनीका सम्पूर्ण कार्यालयहरुमा क्यूआर स्क्यान गरी इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो ।

क्यूआर स्क्यान गरी गरिने भूक्तानी क्यासले हुने हुदा, यसको प्रयोगले ग्राहकहरुलाई नगदको प्रयोगमा हुने जोखिम र झन्झटबाट छुटकारा मिल्नुका साथै छिटो, छरितो र विश्वसनीय सेवा प्राप्त हुनेछ ।

कम्पनीले यस अघि नै कनेक्टटिप्स, इसेवा, खल्ती, फोनपे, आइएमई पे, सेल पे, प्रभु पेबाट अनलाइन प्रिमियम भूक्तानी गर्न सक्ने सुविधा प्रदान गर्दै आएको छ ।

10485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका