जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सिद्धार्थ बैंक नाफा घट्यो

सिद्धार्थ बैंक नाफा घट्यो

सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा २ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको यो नाफा त्यसअघिको आवको भन्दा पनि घटेको हो ।

बैकले २०७५/७६ मा २ अर्व २५ करोड रुपैयाँ नाफा कमाएको थियो । यसको तुलनामा गत आवमा बैंकको नाफा ७.३० प्रतिशत घटेको छ। गत आवमा बैंकले कमाएको नाफाबाट वितरणयोग्य रकम ८६ करोड ६४ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि ३ अर्ब २८ करोड ३७ लाख रुपैयाँबाट ३ अर्ब ६ करोड ५६ लाख रुपैयाँमा खुम्चिएको छ।

सार्वजनिक गरेको २०७६/७७ को वित्तीय विवरण अनुसार,  खुद ब्याज आम्दानी बढे पनि बैकको संचालन आम्दानी घट्दा समग्र नाफा घटेको देखिएको छ ।  बैंकको कर्मचारी खर्च ३२.४२ प्रतिशत बढेको छ भने अन्य सञ्चालन खर्च १७.२७ प्रतिशत वृद्धि भएको छ।

गत आर्थिक वर्षमा बैंकले खुद ब्याज आम्दानी ५ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ गरेको छ। २०७५/७६ को (४ अर्व ६६ करोड) भन्दा यो आम्दानी झन्डै ९३ करोड रुपैयाँले बढेको हो ।

गत आवको अन्त्यसम्ममा बैंकले १ खर्ब ३९ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

चुक्ता पुँजी ९ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब २४ करोड ३३ लाख रुपैयाँ छ । यस्तै, सेयरधनी कोषमा ९४ करोड ४६ लाख रुपैयाँ सञ्चित छ।

खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि २०७५/७६ को २३ रुपैयाँ ७ पैसाबाट गत आवमा २१ रुपैयाँ ३८ पैसामा झरेको छ। गत आवसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ २२ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) १३.८४ गुणा रहेको छ।

6285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?