जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • माछापुच्छ्रे बैंकको सहयोगमा काठमाण्डौंमा ट्राफिक लाईट जडान

माछापुच्छ्रे बैंकको सहयोगमा काठमाण्डौंमा ट्राफिक लाईट जडान

माछापुच्छ्रे बैंकले राजधानीको ट्राफिक व्यवस्थालाई सघाउने उद्धेश्यले काठमाण्डौँको लैनचौर चोक तथा राष्ट्रपति निवाससंगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईटको व्यवस्था गरेको छ । सोमबार एक कार्यक्रमका बिच माछापुच्छ्रे बैंकका संचालक श्री रोशन केसी र विश्व प्रकाश गौतम ज्यूले उक्त ट्राफिक लाईटहरु महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईलाई  हस्तान्तरण गरेका थिए  ।

सवारी आवागमनलाई सुरक्षित एंव व्यवस्थित बनाउने विश्वासका साथ बैंकले सवारी साधानको अत्याधिक चाप रहने राजधानीको लैनचौर चोक तथा राष्ट्रपति निवाससंगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईटको व्यवस्था गरेको हो ।

उक्त ट्राफिक लाईट हस्तान्तरण कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका कार्यकारी अधिकृत श्री सन्तोष कोइराला ज्यूले ट्राफिक लाईटको अभावका कारण राजधानीको ट्राफिक आवागमनमा प्रायजसो समस्या देखिने गरेको कुरालाई मनन गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ट्राफिक लाईटहरु हस्तान्तरण गरेको बताए ।

सोही कार्यक्रममा बोल्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईले माछापुच्छ्रे बैंकले प्रदान गरेका ट्राफिक लाईटहरुले आम नागरिकमा ट्राफिक नियमको पालना गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

10470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका