जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ज्योति विकास बैंकद्वारा सीसी क्यामरा हस्तान्तरण

ज्योति विकास बैंकद्वारा सीसी क्यामरा हस्तान्तरण

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत काठमाडौं महानगरीय प्रहरी वृत लैनचौरलाई सीसी क्यामराहरु हस्तान्तरण गरेको छ।

लैनचौर प्रहरी वृतमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका बालाजु शाखा प्रबन्धक राकेश डंगोलले संयुक्त रुपमा महानगरीय प्रहरी वृत लैनचौरका प्रहरी नायब उपरीक्षक दुर्गा प्रसाद दाहाललाई ऋऋत्ख् क्यामरा हस्तान्तरण गरेका हुन् ।  बैंकले महानगरीय प्रहरी वृत कार्यालयको हिरासतमा रहेका थुनुवाहरुको सुरक्षा, कार्यालयको आन्तरिक सुरक्षा र नागरिकलाई पारदर्शी सेवा प्रदान गर्ने कार्यलाई सहयोग पुर्याउने हेतुले सो सहयोग गरेको हो।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरि त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ।

5195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?