जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राष्ट्र बैंकले हिमालयन बैंकलाई काखी च्यापेको बैंकरहरुको दाबीः किन बोल्दैन राष्ट्र बैंक ? 

राष्ट्र बैंकले हिमालयन बैंकलाई काखी च्यापेको बैंकरहरुको दाबीः किन बोल्दैन राष्ट्र बैंक ? 

नेपाल राष्ट्र बैंकले विगतमा डा. युवराज खतिवडा गर्भनर हुँदा नै वाणिज्य बैंकहरुलाई दुर्गम र दुर दराजमा बैंक शाखा खोल्न भागवण्डा गरेर दिएको थियो । सो अनुसार अधिकांश बैंकहरुले शाखा खोल्ने क्रम अझै जारी छ । तर, हिमालयन बैंकले भने आफ्नो भागमा परेको बझाङको साइपाल गाविसमा शाखा खोल्न अटेर गरेकोसंगै ७५२ स्थानिय तहमा बैंकहरुको शाखा सञ्जाल पुगेको छ । नेपाल राष्ट्र बैंकले आँखा चिम्लिदा हिमालयन बैंकले राष्ट्र बैंकका सयौ निर्देशन रद्दीको टोकरीमा फाल्दै आएको उदाहरण बझाङको साइपाल गाविसमा शाखा नखोल्नु हो भन्दा अब फरक पर्दैन गर्भनर साब हेक्का होस् । विगत तीन दशक देखि हिमालयन बैंकको सीइओ बनेका अशोक राणालाई २ कार्यकालको समय अवधी अहिले लाग्दैन । बैंकर अनिल शाह, ज्ञानेन्द्र ढुंगानालाई मात्रै किन लाग्दछ । गर्भनर साब कारण के हो ? यो चाहि खोजीकै विषय बनेको छ । जनताको पैसामा स्थापना भएको बैंकमा जीवनभर सीइओ बन्न राणालाई किन राष्ट्र बैंकले छुट दिएको छ यो अब हामीले खोजीको विषय बनाएका छौं । हेक्का होस् । सबै बैंक र वित्तिय संस्थालाई एउटै कानून हुनुपर्दछ । तर, हिमालयन बैंकलाई छुट्टै कानून ? यो कस्तो निर्देशन हो गर्भनर साब ?

नेपालमा करिब १९ लाख कर्जा खाता छन् भने ४ करोड ६८ लाख ५५ हजार ६४३ व्यक्ति गत खाता भेटिएको छ । नेपालको जनसंख्या भन्दा १ करोड ६८ लाख ५५ हजार भन्दा बढि खाता भेटिएको छ । यसबाटै प्रस्ट हुनछ । एउटा व्यक्ति वा संस्थाहरुको ३÷४ वटा खाता बैंकमा छन् भन्दा अब फरक पर्दैन । एक बैंकरले पंक्तिकारलाई भने– २६ वाणिज्य बैंक मध्ये २५ वाणिज्य बैंकहरुलाई २ कार्यकालको समय सीमा लागु हने तर, हिमालयन बैंकलाई किन नहुने ? यो खोजी तपाई पत्रकारहरुले किन गर्नुहुँदैन । उनीले प्रश्न उठाएका छन् । तर, निकम्बा राष्ट्र बैंकले तै चुप मै चुप छ भन्दा फरक पर्दैन । हेक्का होस् । कानून सबैलाई एउटै हो गर्भनर साब हेक्का होस् । अब प्रसङ्ग बदलौः– बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै निक्षेप र कर्जा खाताको संख्या उल्लेख्य बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ असोज मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा गरी कुल १८ लाख २१ हजार ७८७ कर्जा खाता रहेको भेटिन्छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या १७ लाख ६४ हजार ४५८ रहेको थियो ।

गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने नीति अवलम्बन गर्न थालिएपछि बैंक तथा वित्तीय संस्थाहरुको संख्या पनि घटेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको संख्या १३२ रहेकोमा चालुु आर्थिक वर्षको असोज मसान्तसम्म आउँदा घटेर १२५ मा झरेको छ ।

त्यसैगरी २०७९ असोज मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा खोलिएका व्यक्तिगत निक्षेप खाताको संख्या ४ करोड ६८ लाख ५५ हजार ६४३ पुगेको भेटिएको छ । २०७८ असोज मसान्तमा यस्तो संख्या ३ करोड ९४ लाख १३ हजार ५५५ रहेको थियो । गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने नीति अवलम्बन गर्न थालिएपछि बैंक तथा वित्तीय संस्थाहरुको संख्या पनि घटेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको संख्या १३२ रहेकोमा चालुु आर्थिक वर्षको असोज मसान्तसम्म आउँदा घटेर १२५ मा झरेको छ । यो अवधिमा वाणिज्य बैंकको संख्या २६, विकास बैंक र फाइनान्स कम्पनीको संख्या १७ र लघुवित्त संस्थाको संख्या ६४ मा झरेको छ। गत वर्षको सोही अवधिमा वाणिज्य बैंक २७, विकासबैंक १८, फाइनान्स कम्पनी १७ र लघुवित्त संस्थाको संख्या ६९ थियो । भन्दा अब फरक पर्दैन ।

पछिल्लो १ वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा विस्तारसँगै एक बैंक शाखाबाट सेवा प्राप्त गर्नसक्ने औसत जनसंख्याको आकार पनि क्रमशः घट्दै गएको देखिन्छ । २०७८ असोज मसान्तमा कुल जनसंख्या र बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्याको अनुपात २ हजार ७५२ रहेकोमा २०७९ असोज मसान्तसम्म घटेर २ हजार ५१५ मा झरेको भेटिएको छ ।

त्यसैगरी पछिल्ला वर्षहरुमा बैंक तथा वित्तीय संस्थाका शाखा विस्तार तीव्रगतिमा भइरहेका छन् । पछिल्लो १ वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न क्षेत्रमा ५०७ वटा शाखा खोल्न सफल भएका छन्। गत असोजमा बैंक तथा वित्तीय संस्थाहरुको कुुल शाखा संख्या ११ हजार ३९ रहेकोमा यो असोजमा बढेर ११ हजार ६०९ पुुगेको छ । जसमा वाणिज्य बैंकका ५ हजार ७५, विकास बैंकका १ हजार १२१, फाइनान्स कम्पनीका २७४ र लघुवित्त वित्तीय संस्थाका ५ हजार १४० शाखा विस्तार भएको देखिन्छ । पछिल्लो १ वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा विस्तारसँगै एक बैंक शाखाबाट सेवा प्राप्त गर्नसक्ने औसत जनसंख्याको आकार पनि क्रमशः घट्दै गएको देखिन्छ । २०७८ असोज मसान्तमा कुल जनसंख्या र बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्याको अनुपात २ हजार ७५२ रहेकोमा २०७९ असोज मसान्तसम्म घटेर २ हजार ५१५ मा झरेको भेटिएको छ ।

सबै स्थानीय तहमा वाणिज्य वैंकहरुको कम्तीमा एउटा शाखा पुर्याउने नीतिअनुरुप हालसम्म ७५२ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार भएको छ । २०७९ असार मसान्तसम्ममा ७५३ स्थानीय तहमध्ये ७५२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका हुन् ।  अब सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङ जिल्लाको साइपाल गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेको भेटिएको छ । यो हिमालयन बैंकले खोल्नु पर्ने शाखा हो । भन्दा फरक पर्दैन । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुका एटीएम संख्या उल्लेख्य वृद्धि हुँदै २०७९ असोज मसान्तमा ४ हजार ६६४ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो संख्या ४ हजार ३४७ थियो । भन्दा फरक पर्दैन ।

क्रेडिट कार्डको प्रयोगमा समेत तीव्रता रुपमा बढेको देखिन्छ । २०७८ असोज मसान्तमा २ लाख ४ हजार ९५६ क्रेडिट कार्डका प्रयोगकर्ता रहेकोमा १ वर्षमा बढोत्तरी भएर २ लाख ६२ हजार ९४५ पुुगेको देखिन्छ ।

राष्ट्र बैंकका अनुुसार गत असोजमा डेबिट कार्ड प्रयोगकर्ताको संख्या ९३ लाख ६९ हजार ६७८ रहेकोमा यो असोजमा वृद्धि भएर १ करोड १५ लाख ५७ हजार १७४ पुुगेको देखिन्छ । त्यसैगरी क्रेडिट कार्डको प्रयोगमा समेत तीव्रता रुपमा बढेको देखिन्छ । २०७८ असोज मसान्तमा २ लाख ४ हजार ९५६ क्रेडिट कार्डका प्रयोगकर्ता रहेकोमा १ वर्षमा बढोत्तरी भएर २ लाख ६२ हजार ९४५ पुुगेको देखिन्छ । यता मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २०७८ असोजमा १ करोड ५१ लाख ५३ हजार ४६३ रहेकोमा २०७९ असोजसम्म बढेर १ करोड ९१ लाख २ हजार ६५२ पुुगेको छ । यस अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्यासमेत बढेर १७ लाख १९ हजार ७३३ पुगेको छ । त्यसैगरी शाखारहित बैंकिङ केन्द्रको संख्या पनि बढ्दै गएको भेटिएको छ । सचेत भया ।

1965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका