जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • नयाँ नक्सा अंकित सिक्का आपूर्ति गर्न पोल्याण्डको कम्पनी छनोट

नयाँ नक्सा अंकित सिक्का आपूर्ति गर्न पोल्याण्डको कम्पनी छनोट

नेपाल राष्ट्र बैंकले पोल्याण्डको एक कम्पनीलाई नेपालको नयाँ नक्सा अंकित एक रुपैयाँको सिक्का डिजाइन, टकमरी तथा आपूर्ती गर्नका लागि छनोट गरेको छ। राष्ट्र बैंकले पोल्याण्डको कम्पनी मेनिक्का पोल्स्कालाई यो कार्यका लागि छनोट गरेको हो।

बैंकले नयाँ नक्सा अंकित एक रुपैयाँको सिक्का डिजाइन, टकमरी तथा आपूर्ती गर्न गत पुस २० गते(४ जनवरी २०२१) द राइजिङ नेपाल राष्ट्रिय दैनिकमा ग्लोबल टेन्डर आह्वान गरेको थियो। उक्त बोलपत्र सूचना बमोजिम प्राप्त बोलपत्रहरुको मूल्यांकन गर्दा न्यूनतम मूल्य राखि बोलपत्र पेश गर्ने पोल्याण्डको कम्पनी मेनिक्का पोल्स्कालाई छनोट गरिएको हो।

सिक्का डिजाइन, टकमरी तथा आपूर्ती गर्नका लागि बैंकले कम्पनीसँग चैत १० गते ५१ लाख १५ हजार यूरोको खरिद सम्झौता गरेको छ। सम्झौता सम्पन्न भएसँगै अब कम्पनीले रुपैयाँ १ दरको ३० करोड थान नयाँ सिक्का डिजाइन, टकमरी तथा आपूर्ती गर्नेछ।

मेनिक्का पोल्स्का सिक्का उत्पादन र यसमा लगानी गर्ने पोल्यान्डको एकमात्र प्राइभेट कम्पनी हो। यसको कार्यालय पोल्याण्डको राजधानी वार्समा रहेको छ। यो संयुक्त कम्पनी हो।

6520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका