जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थतन्त्रमा देखिएको संकटबारे प्रधानमन्त्रीलाई राखेर छलफल गराउँछुः अर्थमन्त्री

अर्थतन्त्रमा देखिएको संकटबारे प्रधानमन्त्रीलाई राखेर छलफल गराउँछुः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएका विभिन्न चुनौतिहरु टार्न प्रधानमन्त्रीस्तरमै छलफल गराउने बताउनुभएको छ । नेपाल उद्योग महासंघका पदाधिकारीहरुसँगको आइतबारको भेटमा अर्थमन्त्री शर्माले सो कुरा बताउनुभयो ।महासंघको प्रतिनिधिमण्डलले राष्ट्र बैंकको नीतिका कारण अर्थतन्त्र थप संकटउन्मूख भएको भन्दै राजनीतिक नेतृत्वबाट हस्तक्षेपकारी भूमिका खेल्न आग्रह गरेका थिए ।
सो क्रममा अर्थमन्त्री शर्माले यो विषयमा आफूले मात्रै नभई सरोकारवाला र प्रधानमन्त्रीलाई एकैठाउँ राखेर छलफल गराउने प्रतिवद्धता जनाउनुभयो । उक्त छलफलमा प्रधानमन्त्री, विभिन्न मन्त्रीहरु, राष्ट्र बैंकका गभर्नर, योजना आयोगका उपाध्यक्ष, बैंकर र व्यवसायी हुने शर्माको भनाइ थियो ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले अर्थतन्त्रमा वहुआयामिक असर परेको र वहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेको अवगत गराएको थियो ।

 

1860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका