जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • एनएमबि बैंकद्वारा बचत खातामा बीमा दावी भुक्तानी

एनएमबि बैंकद्वारा बचत खातामा बीमा दावी भुक्तानी

एनएमबि बैंकको थापाथली शाखामा ‘एनएमबि सहारा बचत खाता’ खोली कारोबार गर्दै आउनु भएका निर्विकार अमात्यलाई स्वास्थ्य विमा बापत बिमितले पाउने १० लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।

बैंकका प्रदेश ३ प्रमुख गणेश पराजुली, एरिया म्यानेजर स्मृति भण्डारी र शाखा प्रमुख लजना तुलाधरले संयुक्त रुपमा आमत्यलाई स्वास्थ्य बिमावापतको रकमको चेक हस्तान्तरण गरेका हुन् । बैंकको उक्त खाता योजनामा शुन्य मौज्दातमै खाता खोल्न सकिने, नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, दश लाखसम्मको दुर्घटना बिमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार विमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले शिखर ईन्स्युरेन्स मार्फत उक्त भुक्तानी प्रदान गरेको हो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, बिस्तारित सेवा तथा शाखा रहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहक माझ सेवा पु¥याउदै आईरहेको छ ।

11610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका