जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • १० दिनका लागि नबिलको कामु सिइओमा सुजित शाक्य

१० दिनका लागि नबिलको कामु सिइओमा सुजित शाक्य

अनिल शाह अवकाश भएपछि नबिल बैंकले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सजित शाक्यलाई दिएको छ। शाह चार बर्षे कार्यकाल पुरा गरी सोमबारबाट अवकाश भएका हुन्।

शाक्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत हुन्। उनलाई केही समयका लागि मात्र कामु प्रमुख कार्यकारी अधिकृत बनाइएको हो।

नेपाल बंगलादेश बैंकलाई नबिलले गाभ्दैछ। बंगलादेश बैंकका पूर्व प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुङ्गानालाई नबिलले केही समयपछि कार्यभार सम्हाल्ने गरी नियुक्त गरिसकेको छ। ज्ञानेन्द्रले असार १७ गतेदेखि नबिल बैंकको नेतृत्व गर्ने छन्। त्यतिन्जेलाई शाक्यले नबिलको नेतृत्व दिइएको हो।

शाक्य नबिल आउनुअघि ग्लोबल आइएमइ बैंकमा थिए। उनी जनता बैंकमा  थिए। जनता  ग्लोबलमा गाभिएपछि उनले यता केही समय काम गरेका हुन्। जनताअघि उनी सिभिल बैंकमा थिए।

5630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका