जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • बैंक अफ काठमाण्डूले शुरु गर्यो अन्तर्राष्ट्रिय भुक्तानी सेवा

बैंक अफ काठमाण्डूले शुरु गर्यो अन्तर्राष्ट्रिय भुक्तानी सेवा

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘BOK eCom USD प्रिपेड कार्ड सेवा’ सुचारु गरेको छ । यस सुविधा अन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकहरुले प्रति वर्षमा पाँच सय अमोरिकी डलर सम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् ।

यो सेवा भारत बाहेक अन्य देशहरुको ई –कमर्स साइटहरुबाट एक पटक वा पटक पटक गरि पाँच सय अमोरिकी डलर सम्मको वस्तु वा सेवा अन्लाइन भुक्तानी गर्न सक्नेछन् । इच्छुक ग्राहकहरुले नजिकको शाखामा आफ्नो प्यान कार्ड सहित निवेदन अप्लब्ध गराई यो सुविधा उपभोग गर्न सक्नेछन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

8065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?