जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • यूनियन लाइफद्धारा ११ लाख ३४ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

यूनियन लाइफद्धारा ११ लाख ३४ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धुलाबारी शाखाले आज एक कार्यक्रम गरि बीमा दाबी भूक्तनी गरेको छ । गत मंसिर ६ गते कोभिड १९ का कारण निधन भएकी जानुका निरौला नेपालकोे परिवारलाई ११ लाख ३४ हजार रुपैया मृत्यु दाबी भूक्तानी गरेको हो ।

मुतककै घरमा आयोजित एक कार्यक्रमका विच मेचीनगर नगरपालिका वडा न. १० का वडा अध्यक्ष सुदय कुमार पनेरु तथा कम्पनीका धुलाबारी शाखा प्रबन्धक गोपाल दाहालले संंयुक्त रुपमा स्व. नेपालका श्रीमान दिपक नेपाललाई चेक हस्तान्तरणर गरे ।

कार्यक्रमका प्रमुख अतिथि तथा वडाअध्यक्ष पनेरुले भौतिक क्षति अतिनै असह्य भएतापनि यसरी गरिने दाबी भूक्तानीले परिवारलाई आर्थिक रुपमा मल्हमको काम गर्ने बताउदै कम्पनीलाई धन्यबाद ज्ञापन गरे ।

साथै, उनले आर्थिक क्षमता अनुसार सबैले जीवन बीमा गर्नु आवश्यक भएको बताउँदै वडा तथा नगरले बीमा सचेतनाका लागि कम्पनीसंग आगामी दिनमा सहकार्य समेत गर्ने बताए ।

कार्यक्रममा झापा कै काकरभिट्टा शाखाका शाखा प्रबन्धक दिपक पौडेल, ट्रिपल एमडिआरटी विजेता राजेश राउत लगायत स्थानीय बासीहरुको उपस्थिती रहेको थियो ।

3645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका