

सनराइज बैंक विरगंज शाखा र लायन्स क्लब विरगंजद्वारा आ.एम केडिया आई अस्पतालको सहयोगमा विरगंज ३१,परसौनिमा चैत्र २१ गते निशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सर्वसाधारणलाई सहज स्वस्थ्य सुबिधा दिने उद्देश्यसाथ उक्त कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रम सम्पन्न गर्न बैंकले लायन्स क्लब विरगंजलाई रु. १,८०,००० रकमको आर्थिक सहयोग गरेको हो ।
शिविरमा २ सय ५० जनाको आँखा परिक्षण गरेकोमा १०० जनाको आँखामा समस्या देखिएको थियो । उक्त शिविरमा अस्पतालको ७ जना टोलिले सेवा प्रदान गर्नुभएको थियो । समस्या देखिएका १०० जनाकोसमेत निशुल्क उपचार हुने जानाएको छ ।
सनराइज बैंकले देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिदैं जाने बैंकले जनाएको छ ।