जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु बैंकका ग्राहकले पाउछन् सिन्की भान्छा घरमा आकर्षक छुट

प्रभु बैंकका ग्राहकले पाउछन् सिन्की भान्छा घरमा आकर्षक छुट

प्रभु बैंक र सिन्की भान्छा घरबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झाैतापत्रमा बैंकका मार्केटिङ विभागका वरिष्ठ प्रबन्धक शेखरराज बास्टकोटी र सिन्की भान्छा घरका प्रबन्ध निर्देशक वेदानन्द पराजुलीले हस्ताक्षर गरेका छन् ।

प्रभु बैंक र भान्छा घरबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिंङ कारोबार गरिरहेका ग्राहकले सिन्की भान्छा घरद्धारा सञ्चालित ‘ब्रेकफास्ट, लन्च एन्ड डिनर’ सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

उक्त सम्झौताअन्तर्गत सिन्की भान्छा घरमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिंङ, इन्टरनेट बैंकिंङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सिन्की भान्छा घरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

3055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका