जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • नक्कली बिल मार्फत ठगी गर्ने दुई कम्पनीलाई ३० करोड बढीको मुद्दा

नक्कली बिल मार्फत ठगी गर्ने दुई कम्पनीलाई ३० करोड बढीको मुद्दा

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक (भ्याट बिल) प्रयोग गरी राजस्व छली गर्ने दुई वटा फर्महरुबाट ३० करोड २८ लाख २ हजार ५५३ विगो रकम असुल उपर गर्नको लागि राजश्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ । विभागले न्यु राहुल मोवाइल सेन्टर समेतका फर्महरुको कारोवार, संचालक तथा बैक खाता संचालकहरुलाई जरिवाना र कैद मागदावी गर्दै चैत २५ र २६ गते मुद्धा दायर गरेको हो ।

विभागले उच्च अदालत जनकपुर,अस्थायी इजलास विरगंज र उच्च अदालत पाटन, हेटौडा इजलासमा मुद्दा दर्ता गराएको विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ।

झुट्टा तथा नक्कली मू.अ.कर विजक प्रयोग गरी राजस्व छली गर्ने मकवानपुर जिल्ला, हेटौडा उपमहानगरपालिका वडा नं। ६ बस्ने न्यु राहुल मोवाईल सेन्टर र ब्याहुत ट्रेडर्सका संचालकलाई उक्त रकम सहितको विगो दावी गरिएको हो । हेटौडामा दर्ता भएको संचालक काजल केशरीबाट १२ करोड ३५ लाख २५ हजार २२ रुपैया विगो असुल गरी जरिवाना र कैद मागदावी उच्च अदालत पाटन, हेटौडा इजलासमा मुद्दा दर्ता गराएको हो ।

विरगंज महानगरपालिकामा दर्ता भएको ब्याहुल ट्रेडर्सका संचालक अनिल कुमार कलवारबाट १७ करोड ९२ लाख ७७ हजार ५५१ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई उच्च अदालत जनकपुर,अस्थायी इजलास विरगंजमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

11000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका