जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बीमा अभिकर्ताले पाउने मासिक सेवा सुविधा तथा उपहारमा थप कडाइ, १८ प्रतिशतको सिमा भित्र रहन समितिको निर्देशन

बीमा अभिकर्ताले पाउने मासिक सेवा सुविधा तथा उपहारमा थप कडाइ, १८ प्रतिशतको सिमा भित्र रहन समितिको निर्देशन

बीमा समितिले बीमा अभिकर्ताका लागि मासिक रुपमा संचालन गर्ने उपहार कार्यक्रममा थप कडाइ गरेको छ । समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई नियम बमोजिम १८ प्रतिशतको सिमा भित्र रहेर उक्त सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो । अभिकर्ताको श्रेणीका आधारमा सेवा सुविधा तथा उपहार दिदा १८ प्रतिशत भन्दा माथिको खर्च हुने गरेको छ ।

जीवन बीमा व्यवसाय अभिकर्ताको नेटवर्कका आधारमा सञ्चालन हुने व्यवसाय हो । जीवन बीमा कम्पनीहरुले अभिकर्ताको नेटवर्क तयार पार्दा एउटै पोलिसीको कमिसन विभिन्त तहमा वितरण गर्नु पर्ने बाध्यता छ । यसले सुरुवाती व्यवसाय ल्याउने भन्दा अभिकर्ताको सञ्जाल तयार पार्ने लिडरले सबैभन्दा धेरै कमिसन प्राप्त गर्ने गरेको छ । यस्तो सञ्चाललाई तोडेर बीमा कम्पनीहरुले काम गर्न सक्दैनन् । तर सञ्जाललाई खर्च गर्दा पहिलो वर्षको प्रिमियमको ३० प्रतिशत भन्दा माथिको रकम कमिसन तथा इन्सेन्टिभमै खर्च हुन्छ । यो बीमितको पैसा हो । बीमितको पैसा सुरुमै अभिकर्तालाई वितरण गरे पछि भविष्यमा उक्त कम्पनीको बोनसदर खुम्चिन्छ । त्यसैले गर्दा बीमितको हितमा समितिले यस्तो निर्णय गरेको हो ।

समितिले नियम अनुसार १८ प्रतिशतको सिमा भित्र रहेर खर्च गरेको खण्डमा अभिकर्ताले प्राप्त गर्न् उपहारको सेवा सुविधाको स्वीकृति लिन बीमा समितिमा पुग्नु पर्ने छैन । जीवन बीमा कम्पनीहरुले अभिकर्तालाई प्रोत्साहित गर्न गाडी खरिद गर्नेदेखि लिएर विदेश भ्रमणका कार्यक्रम गर्न थाले पछि बीमा समितिले मासिक उपहारको कार्यक्रम समितिबाट स्वीकृति लिनु पर्ने व्यवस्था गरेको थियो । समितिले अनावस्यक रुपमा विदेशी मोटर गाडि खरिद गर्ने तथा विदेश भ्रमणमा जादा नेपालको पैसा बाहिरिएको र व्यापार घाटा बढाउन थप मद्दत गरेको भन्दै यस्तो कार्यक्रमलाई नियन्त्रण गर्न खोजेको थियो ।

समितिले अवदेखि यसलाई खुकुलो बनाइदिएको छ । अभिकर्ताले मासिक रुपमा पाउने सेवा सुविधाको पुर्व अनुमति लिन समितिमा पुग्नु नपरे पनि उनिहरुले पाउने सुविधाको हकमा भने कडा नीति लिएको छ । प्रथम कमिसनको १८ प्रतिशतको सिमा भित्र रहेर खर्च गर्न पाउने वित्तीकै अवदेखि कम्पनीहरुले धेरै खर्चालु उपहार वितरण गर्न नसक्ने समितिको विश्लेषण छ । १८ प्रतिशत को दायरा भित्र रहेर गरिएको खर्चमा समितिको कुनै पनि आपत्ती नरहने समितिले जनाएको छ ।

 

6945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका