जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • शिखर इन्स्योरेन्सद्वारा काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेतालाई नगदसहित सम्मान

शिखर इन्स्योरेन्सद्वारा काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेतालाई नगदसहित सम्मान

शिखर इन्स्योरेन्स कम्पनीले मंगलबार काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लबलाई नगदसहित सम्मान गरेको छ। माल्दिभ्समा भएको प्रतियोगिताको उपाधि जितेर पुलिस टोली सोमबार स्वदेश फर्केको हो। च्याम्पियन टोलीका खेलाडी, प्रशिक्षक, अफिसियललाई गरी १६ जनालाई जनही ५० हजार १ रुपैयाँसहित सम्मान गरिएको हो ।

साथै सम्पूर्ण खेलाडीको २ लाख बराबरको हेल्थ इन्स्योरेन्ससमेत गरिदिने शिखर इन्स्योरेन्सले जनाएको छ। च्याम्पियनसिपमा विधागत उत्कृष्ट भएवापत तीन खेलाडीलाई थप ५०-५० हजार प्रदान गरिएको थियो। उषा भण्डारी मोस्ट भ्यालुएबल प्लेयर र उत्कृष्ट आउटसाइड हिटर बनेकी थिइन्। उनले थप एक लाख पाइन्।उत्कृष्ट मिडल ब्लकर सुमित्रा रेग्मी र उत्कृष्ट लिबेरो शान्तिकला तामाङले थप ५० -५० हजार पाएका थिए। मुख्य प्रशिक्षक रुपेश विष्ट र सहायक प्रशिक्षक सुशीला थापालाई पनि ५० हजारसहित सम्मान गरिएको थियो ।

च्याम्पियन खेलाडीलाई शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल, सीईओ दीपप्रकाश पाण्डेलगायतले सम्मान प्रदान गरेका थिए। सीईओ पाण्डेले यो सम्मानको सुरुआतमात्र भएको र यसले नेपाली भलिबललाई थोरै भए पनि सहयोग हुने विश्वास व्यक्त गरेका थिए।

माल्दिभ्सको मालेमा शनिबार सम्पन्न च्याम्पियनसिपको फाइनलमा अपराजित रहेको पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३ -० को सोझो सेटमा हराएको थियो।

2390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका