जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • एभरेष्ट इन्स्योरेन्सले जेठ १० गते डाक्यो वार्षिक साधारणसभा, ८ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने

एभरेष्ट इन्स्योरेन्सले जेठ १० गते डाक्यो वार्षिक साधारणसभा, ८ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने

एभरेष्ट इन्स्योरेन्स कम्पनीले जेठ १० गते २६ औ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले साधारणसभामा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनी सँग गाभ्ने गाभिने वा प्रप्ति गर्ने सम्बन्धमा संचालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव गरेको छ ।

साधारणसभामा कम्पनीको सञ्चालक समितिले यस अगाडि प्रस्ताव गरेको ८ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । त्यस्तै बोनस शेयरको कर प्रयोजनका लागि ४६ लाख १४ हजार रुपैयाँ नगद लाभांसको प्रस्ताव पनि साधारणसभामा पेश गर्दै छ ।

बोनस शेयर वितरण पछिको फ्र्याक्सन शेयरलाई समेत थप एक कित्ता दिन सक्ने प्रस्ताव गरिएको छ । बोनस शेयर वितरण पछि चुक्ता पूँजी र जारी पूँजी बृद्धि हुने भएकाले सोहि अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावली पनि संशोधन हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ छ । बोनस शेयर वितरण पछि चुक्ता पूँजी एक अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

साधारणभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गर्नुका साथै पारित गर्ने कार्यक्रम रहेको छ । त्यस्तै आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षणका लागि वर्तमान लेखापरिक्षक एमजिएस एण्ड एसोसिएट्स चार्टर्ड एकाउण्टेन्सलाई नै पुनः नियुक्ति गर्ने भएको छ ।

3895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका