जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • प्रभु बैंकका ग्राहकहरुले कैलालीको अत्तरिया हस्पिटलमा छुट पाउने

प्रभु बैंकका ग्राहकहरुले कैलालीको अत्तरिया हस्पिटलमा छुट पाउने

प्रभु बैंकका ग्राहकहरुले कैलालीको अत्तरिया हस्पिटलको विभिन्न सेवाहरुमा छुट पाउने भएका छन्। बैंकका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख रविकान्त जोशी र अत्तरीया हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक आनन्द पाठकले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।

बैंक र उक्त हस्पिटलबीच सम्पन्न सम्झौता अनुसार बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका ग्राहकहरुले अत्तरिया हस्पिटलको एक्स–रे, इसीजी, इको, इन्डोस्कोपी, ओपीडी, इमर्जेन्सी टिकट शुल्क, प्याथोलोजी टेस्ट, गाइनोकोलोजी सर्जरी, अर्थोपेडिक सर्जरी, जेनरल सर्जरी, एनआइसीयु, आइसीयु, जेनरल बेड हस्पिटल एड्मिट शुल्क सेवामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

क्याबिन हस्पिटल एड्मिट शूल्कमा २० प्रतिशत र ल्याप्रोस्कोपिक सर्जरीमा ७ प्रतिशत छुट पाउने गरी सम्झौता भएको छ।

सम्झौता अन्तर्गत अत्तरिया हस्पिटलमा उक्त सुविधा लिन चाहने प्रभु बैंककाहरुले बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा उल्लेखित सेवाहरुमा आकर्षक छुट पाउने बताइएको छ।

सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकको छ।

4665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका