जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • रिलायन्स फाइनान्सको १०.५३ प्रतिशत लाभांश पारित

रिलायन्स फाइनान्सको १०.५३ प्रतिशत लाभांश पारित

रिलायन्स फाइनान्स लिमिटेडले प्रस्तावित कुल १० दशमलव ५३ प्रतिशत लाभांश पारित गरेको छ । बुधवार काठमाडौंमा एघारौं वार्षिक साधारण सभा सम्पन्न गरी कम्पनीले लाभांश पारित गरेको हो । यस वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण समते पारित गरेको छ । त्यस्तै अन्य कुनै बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गरेको । हाल कम्पनीको चुक्तापूँजी रू. ८३ करोड २४ लाख १६ हजार रहेको छ ।

सोही पूँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । १० प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. ९१ करोड ५६ लाख ५७ हजार पुगेको छ । कोभिडको जोखिमका विच सभा भर्चअल माध्यमबाटसम्पन्न भएको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख १० गते एक दिन बुक क्लोज गरेकाले बैंशाख ९ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

5415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका