जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सयौं ऋणीहरु बैंकहरुको कालो सूचिमा पर्ने डरः राष्ट्र बैंक बेखबर ?

सयौं ऋणीहरु बैंकहरुको कालो सूचिमा पर्ने डरः राष्ट्र बैंक बेखबर ?

नेपालमा अदृश्य शक्तिबाट आएको अदृश्य रोग कोरोना भाइरसका कारण नेपाल ११३ दिन देखि लकडाउनमै छ । बैंक र वित्तिय संस्था र केही व्यापारीहरुका पसल खुलेपनि उद्योगधन्दा देखि सार्वजनिक यातायत बन्द नै छन् । आम्दानीका स्रोत प्राय सबै नेपालीहरुको बन्द झै छन् । ठूला देखि साना व्यापारीहरुले व्यापार गर्न बैंक र वित्तिय संस्थाबाट लिएको कर्जा तिर्न नसके पछि कालो सूचीमा पर्ने डर बढेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले ऋणीहरुलाई राहत दिँदै असार भित्र कर्जाको सावाँ ब्याज तिर्ने समय पनि दिएको छ । तर, गत चैत्र देखि असार अन्तिमसम्म पनि केही ऋण बाहेक प्राय धेरैले कर्जाका साँवा ब्याज तिरेको देखिदैन । अधिकाशं उद्योगपति र व्यापारी आगामी श्रावण पहिलो हप्ता आउने मौद्रिक नीतिको मुख ताकेर बसेको देखिन्छ ।
यसै बीचमा एनआईसी एशिया बैंकले त कर्जा बुझाउन आउने सूचना नै प्रकाशन ग¥यो । तर, विरोध भएपछि पछि हटेको खुलेको छ ।

यो त पात्र मात्रै हो । भोलि बैंकहरुमा कर्जा बिग्रपछि प्रोभिजन गर्नुपर्ने भएपछि ऋणी कारो सूचिमा पर्ने देखिन्छ । त्यसकारण मौद्रिक नीतिबाट राष्ट्र बैंकले ऋणीलाई सम्बोधन गर्नु पर्ने देखिन्छ ।

राष्ट्र बैंकले कोभिड–१९ बाट प्रभावित ऋणीलाई जबरजस्ती ऋण तिर्न बाध्य नगराउ बैंकहरूलाई निर्देशन दिएपनि कर्जा सूचना केन्द्रमा बैंकको ऋण नतिर्ने ऋणीको संख्या ह्वात्तै बढेको देखिन्छ । आर्थिक वर्ष सकिदै गर्दा बैंकहरूले आफ्ना ऋणीलाई फोन गरेर ऋण तिर्न आउन भनिरहेको देखिन्छ ।

एकै दिनमा २०÷२५ वटा ऋणी कालोसूचीमा पर्ने गरेको देखिन्छ । असार २१ गतेदेखि २९ गतेसम्म कर्जा सूचना केन्द्रमा ८१ वटा ऋणीहरु कालोसूचीमा परेको देखिन्छ ।
असार महिनामा मात्रै ३ सय ६ ऋणी कालोसूचीमा परेका छन् । २०७६ असारमा पनि ४ सय २७ ऋणी कालो सूचीमा परेका थिए । २०७६ साउन १ गतेदेखि २०७७ असार २६ गतेसम्म ४ हजार ६ सय ३६ ऋणी कालोसूचीमा परेको भेटिएको छ ।

असार २९ गतेसम्म कर्जा सूचना केन्द्रमा जम्मा १२ हजार ४ सय ९० ऋणी कालोसूचीमा परेको तथ्यांक छन् । कुल तथ्यांकलाई हेर्दा चालु आवमा कुल खराब ऋणीमा पर्नेको संख्या एक तिहाइ रहेको छ । पछिल्लो वर्षमा कर्जा बढ्दै जाँदा कालोसूचीमा पर्नेको संख्या पनि बढ्दै जाने प्रस्टै छ ।

‘एक वर्ष नभइ ऋणको प्रोभिजिङ नै नहुने र ऋणको प्रोभिजिङ नभइ कालो सूचीमा राख्न नमिल्ने भएकाले कालो सूचीमा परेका ऋणी पुरानो भएको देखिन्छ ।

अहिले बैंकहरूको खराब कर्जा करिब २ प्रतिशतको हाराहारीमा रहेको देखिन्छ ।
गत असारदेखि चालु आर्थिक वर्षको जेठसम्म बैक तथा वित्तीय संस्थाहरूले ३ खर्ब २८ अर्ब कर्जा प्रवाह गरेका छन् भने अहिले बैंक तथा वित्तीय संस्थाको कर्जा बढेर ३२ अर्ब ४२ अर्ब पुगेको छ । जबकी गत असारसम्म जम्मा २९ खर्ब १४ अर्बमात्रै कर्जा प्रवाह भएको देखिन्छ ।

कोभिडका कारण थलिएका व्यवसायीलाई राष्ट्र बैंकले साउन १५ सम्मको कारोबारलाई चालू आवभित्रै राख्ने मिल्ने व्यवस्था मिलाइ दिएको छ । सक्ने ऋणीले असारमसान्तभित्र कर्जाको किस्ता तथा ब्याज तिरेपनि नसक्ने ऋणीलाई मौद्रिक नीतिले सम्बोधन गर्ने तयारी राष्ट्र बैंकले गरेको देखिन्छ ।

चैत मसान्तमै ब्याज बुझाउने ऋणीलाई १० प्रतिशत छुट र २ प्रतिशत बिन्दूले ब्याज घटाएर लिन राष्ट्र बैंकले निर्देशन दिएको थियो । उद्योगीले भने ६ महिनाको ब्याजलाई पुनर्सरचना गरेर नयाँ ऋणको रुपमा परिणत गर्न माग गरेका छन् ।
जे भएपनि रोग भन्दा भोक ठूलो भएका कारण रोगसंग लड्दै ऋणीले कर्जाका साँवा ब्याज तिर्नु पर्दछ । नाफा कमाउने दिन फेरी आउने नै छन् । आफ्नो इमेज विगार्ने काम ऋणीहरुले गर्नु हुँदैन । आफ्नो दुख आफैले सुखमा परिणत गर्ने दायित्व ऋणीहरुको हो । त्यसकारण बैंकहरुले पनि ऋणीहरुको बारेमा सोच्नु पर्दछ ।

10460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका