जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • अब लाइसेन्सको नवीकरण १० वर्षमा

अब लाइसेन्सको नवीकरण १० वर्षमा

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण हरेक १० वर्षमा गर्ने व्यवस्था लागू गर्न लागिएको बताएका छन् । आज मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री ज्वालाले अहिले हरेक पाँच पाँच वर्षमा नवीकरण गर्नुपर्ने लाइसेन्स अब हरेक १० वर्षमा गरे पुग्ने गरी व्यवस्था गर्न लागिएको बताएका हुन् ।

‘कार्डको आयु २० वर्ष हुँदो रहेछ, अनि लाइसेन्स चाहिँ हरेक पाँच पाँच वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ’ उनले भने, ‘एकपटक लाइसेन्स निकालेको ५ वर्षपछि फेरि लाइन बस्न जाने कुुरा व्यवहारिक पनि भएन, आर्थिक रुपमा पनि राज्यको खर्च बढाउने कुरा रह्यो, त्यसैले अब एक पटक लाइसेन्स लिइसकेपछि १० वर्षमा मात्रै नवीकरण गर्ने व्यवस्था ल्याउँदैछौँ ।’

मन्त्री ज्वालाले अहिले एकै सडकमा संघ र प्रदेशको समेत बजेट गएको बताउँदै अब कानुनी रूपमै सडक वर्गीकरण गरिने र यसका लागि सिफारिस समिति पनि बनाइसकिएको जानकारी पनि दिए ।

4065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका