जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ग्रामिण विकास लघुवित्तले कमायो २८ करोडभन्दा बढी नाफा

ग्रामिण विकास लघुवित्तले कमायो २८ करोडभन्दा बढी नाफा

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षभन्दा साढे ५ गुणा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ५ करोड १२ लाख ९३ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. २८ करोड ५८ लाख १९ हजार यो नाफा गरेको हो । यस वर्ष कम्पनीले रू. १५ करोड १४ लाख ७८ हजार खराब कर्जा संकलन गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी रू. ९८ करोड १५ लाख रहेको कम्पनीले रू. ७४ करोड ९३ लाख ७८ हजार पुगेको छ। यस अवधिसम्म कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट रू. ७ अर्ब २० करोड २६ लाख ४९ हजार सापटि लिएको छ भने रू.३ अर्ब ९३ करोड ६९ लाख निक्षप संकलन गरेको छ । यस वर्ष कम्पनीले रू. १२ अर्ब ५४ करोड भन्दा बढी कर्जा प्रवाह गरेको छ ।

गत वर्ष ७ दशमलव ८१ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष ३ दशमलव २८ प्रतिशतमा झरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ३८ शदमलव ७९ र प्रतिशेयर नेटवर्थ रू. १७६ दशमलव २७ रहेको छ ।

3950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका