जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सूर्या लाइफको खुद बीमाशुल्क आर्जन ८२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

सूर्या लाइफको खुद बीमाशुल्क आर्जन ८२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क ८२ दशमलव ५४ प्रतिशतले बढेर ३ अर्ब २३ करोड १३ लाख ९२ हजार रुपैयाँ पुगेको छ । कम्पनीले गत आर्थिक बर्षको सोहि अवधिमा १ अर्ब ७७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा २९ करोड १० लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। कम्पनीले गत वर्षको सोअि अवधिमा ५६ प्रतिशतले खुद मुनाफा वृद्धि गरेको हो । गत वर्ष भने यसले १८ करोड ६७ लाख ८ हजार रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीले यस त्रैमासको अवधिसम्ममा ३६ करोड २५ लाख ३४ हजार रुपैयाँ अभिकर्ताहरुलाई कमिशन बापत वितरण गरेको छ ।कम्पनीले समिक्षा अवधिसम्ममा ४४ करोड नौ लाख ४१ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । अघिल्लो आवमा २८ करोड ७६ लाख ८६ हजार रुपैयाँ खर्च गरेको थियो ।

यसको प्रतिसेयर आम्दानी (वार्षिक) १७ रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा छ ।

6960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?