जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • वैशाख ३० गते सार्वजनिक सवारी नचल्ने, आन्तरिक उडान पनि बन्द

वैशाख ३० गते सार्वजनिक सवारी नचल्ने, आन्तरिक उडान पनि बन्द

स्थानिय तहको निर्वाचन हुन अव ९ दिन बाँकी रहेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक सवारी साधन नचल्ने भएका छन् । यसदिन अत्यावश्यक बाहेकका सवारी साधन चलाउन नपाईने भएको हो ।  

निर्वाचन आयोगका अनुसार बैशाख ३० गते आन्तरिक उडान समेत बन्द हुने भएको छ । यस दिन अन्तर्राष्ट्रिय उडान भने सञ्चालन हुनेछन् । जसको सहजीकरण काठमाडौंका प्रमुख जिल्ला अधिकारीले गर्नेछन् । यस दिन यात्रा गर्ने यात्रुले हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा यात्रा गर्न पाइनेछ ।  

आयोगका अनुसार एम्बुलेन्स, पानीको ट्याङकर, दमकल, दुरसञ्चार सेवा, शवबहान, अस्पताल सेवा, विजुली सेवाका लागि अनुमति लिनु पर्ने छैन । पर्यटकले नेपाल पर्यटन बोर्डको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले पास लिएर यात्रा गर्न पाउने भएका छन् । 

त्यस्तै, आफै हिँडडुल गर्न नसक्ने अशक्त व्यक्तिको लागि बासस्थानदेखि मतदान केन्द्रसम्म आवतजावत गर्न मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले अनुमति दिएको सवारी साधन प्रयोग गर्न सकिने छ । त्यस्ता सवारी साधनमा अशक्त व्यक्ति र सहयोगका लागि उनको साथमा एकाघरको एक जना व्यक्ति मात्र रहन सक्ने आयोगले जनाएको छ ।  

3815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका