जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • अपि पावरको खुद नाफा यस वर्ष १०८ प्रतिशतले बृद्धि

अपि पावरको खुद नाफा यस वर्ष १०८ प्रतिशतले बृद्धि

अपि पावर कम्पनी लिमिटेडले यस वर्ष गत वर्षभन्दा १०८ प्रतिशत बढी खुद नाफा गरेको छ । बिहीवार सार्वजनिक कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस वर्ष रू. १२ करोड ६२ लाख ६७ हजार खुद नाफा गरेको हो । यो नाफा गत वर्षको यसै अवधिसम्म रू. ६ करोड ६ लाख ५८ हजार रहेको थियो ।

यस वर्ष विद्युत विक्री आम्दानीसँगै अन्य आम्दानी बढेकाले कम्पनीको नाफामा बृद्धि भएको हो । गत वर्ष रू. २४ करोड ३८ लाख ९७ हजार कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३५ करोड ११ लाख ६ हजार यो आम्दानी गरेको हो । यस वर्ष विद्युत विक्रीबाट रू. २८ करोड १ लाख ३६ हजार र अन्य स्रोतबाट रू. ६ करोड २९ लाख ८९ हजार आम्दानी भएको हो । गत वर्ष विद्युत विक्रीबाट रू. २४ करोड २३ लाख ४९ हजार र अन्य स्रोतबाट रू. १५ लाख ४७ हजार मात्र आम्दानी भएको थियो ।

8290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका