जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अत्यावश्यक काम नपरेर बैंकमा नआउन विकास बैंक एशोसियनको अनुरोध

अत्यावश्यक काम नपरेर बैंकमा नआउन विकास बैंक एशोसियनको अनुरोध

अत्यावश्यक काम बाहेक अन्य काम लिएर बैंकमा नआउन विकास बैंक एशोसियनले ग्राहकहरुलाई अनुरोध गरेको छ ।

वाणिज्य बैंकहरुको संस्था नेपाल बैकर्स एशोसियनले ५० हजारभन्दा तलको निक्षेप नै स्विकार नगर्ने निर्णय गरेको छ ।

विकास बैंक एशोसियनले भने निक्षेपमा कुनै सिमा तोकेको भने छैन । ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र संभव भएसम्मका अझ थप उपायहरु अवलम्वन गर्नको लागि प्रधान कार्यालयका कर्मचारीहरुलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउने र वर्क फर्म होमको माध्यमबाट कार्य गर्ने उल्लेख छ ।

सम्भव भएसम्म डिजिटल बैंकिङ् प्रडक्टहरुबाट बैंकिङ् कारोवार गर्न आ—ग्राहकहरुलाई उपलब्ध र संभव भएसम्मका संचार माध्यमबाट अनुरोध गर्ने र आ—आफ्ना ग्राहकहरुलाई परिस्थिति केहि सहज नभए सम्म साना साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन अनुरोध गर्ने तथा नेपाल राष्ट्र बैंक, सम्बन्धित जिल्ला प्रशासन ÷नेपाल सरकारले दिएको निर्देशन पूर्णतया अनुपालना गर्ने उल्लेख गरेको छ ।

6595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका