जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सूर्या लाइफको साधारणसभा सम्पन्न, सूर्यज्योतिको नामबाट छिट्टै एकिकृत कारोबार गर्ने प्रतिवद्दता

सूर्या लाइफको साधारणसभा सम्पन्न, सूर्यज्योतिको नामबाट छिट्टै एकिकृत कारोबार गर्ने प्रतिवद्दता

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। बिराटनगरमा आज सम्पन्न साधारणसभाले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग एकआपसमा गाभ्ने, गाभिने तथा मर्जरमा जाने सम्बन्धि विशेष प्रस्ताव पारित गरेको छ।

सभाले ज्योति लाइफसँग गाभिएपश्चात बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड’ कायम गरी सो नामबाट जीवन बीमा ब्यवसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ। साथै दुवै कम्पनीको चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए) तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात १ः०.८२४५ (सूर्याको १ कित्ता शेयर बराबर ज्योतिको ०.८२४५ कित्ता) कायम गर्ने गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ।

सभामा कम्पनीका सिईओ पवन कुमार खड्काले ज्योति लाईफ इन्स्योरेन्ससँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक सम्झौता भई बिमा प्राधिकरणबाट समेत सैद्धान्तिक सहमति प्राप्त भईसकेको स्मरण गराउँदै छिट्टै एकिकृत कारोबार गर्ने बताए। सिईओ खड्काले दुवै कम्पनी एक आपसमा गाभिए पश्चात् कम्पनी जीवन बिमा क्षेत्रमा एक सबल, उत्कृष्ट तथा अग्रणी बन्ने विश्वास व्यक्त गरे।

5080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका