जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • आइएमई हस्पिटालिटीका होटलमा एससीटी यूपीआई कार्डबाट भुक्तानी गर्नेलाई १५ प्रतिशत छुट

आइएमई हस्पिटालिटीका होटलमा एससीटी यूपीआई कार्डबाट भुक्तानी गर्नेलाई १५ प्रतिशत छुट

एससीटी यूपीआई कार्ड प्रयोगकर्ताहरुले आइएमई हस्पिटालिटीका होटलमा छुट पाउने भएका छन्। यस सम्बन्धमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र आइएमई हस्पिटालिटीबीच सम्झौता भएको छ।

सम्झौता अनुसार एससीटी यूपीआई कार्ड प्रयोगकर्ताले आइएमई हस्पिटालिटीका होटलमा १५% सम्म छुट पाउनेछन्।

लाजिम्पाटस्थित होटल ले हिमालय र साके एण्ड फेंग तथा पोखरास्थित लेकसाइड रिट्रिटमा कार्डबाट भुक्तानी गर्नेले फूड एण्ड बेभरेजको बिल र कोठामा १५% छुट पाउने एससीटीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। छुट सुविधा आगामी डिसेम्बरसम्म कायम रहने कम्पनीले जनाएको छ।

1465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका