जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • ‘मोबाइल मनी’ सञ्चालन गर्न क्लियरिङ हाउससँग सम्झौता

‘मोबाइल मनी’ सञ्चालन गर्न क्लियरिङ हाउससँग सम्झौता

नेपालमा मोबाइल मनी अर्थात् मोबाइल बैंकिङबाटै खुद्रा कारोबारको भुक्तानी गर्ने व्यवस्था मिलाउन नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकले स्थापना गरेको कम्पनी अब नेपाल क्लियरिङ हाउससँग जोडिएको छ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी र नेपाल क्लियरिङ्ग हाउसबीच डिजिटल भुक्तानी सेवामा सहकार्य गर्नेबारे एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम नेपाल क्लियरिङ हाउसको राष्ट्रिय भुक्तानी प्रणाली प्रयोग गरेर डिजिटल पेमेण्टन्स कम्पनीले भुक्तानी फछ्र्योट गर्ने व्यवस्था उल्लेख छ । यसका लागि क्लियरिङ हाउसका आइपीएस एवम् कनेक्ट आइपीएसजस्ता प्रणालीको प्रयोग हुने छ ।

यो सम्झौताबाट देशका कुनाकाप्चा र दुर्गम गाउँसम्म मोबाईलको माध्यमबाट वित्तीय पहुँच विस्तार गर्ने र खुद्रा कारोबारलाई नोटरहित बनाउनमा सहयोग गर्ने अपेक्षा गरिएको छ । भारतमा लामो समयदेखि मोबाइल बैंकिङको प्रयोगबाट खुद्रा कारोबार हुँदै आएको छ । अहिले उनीहरु गाउँ तहसम्मै बारकोडको प्रयोग बढाइरहेका छन् । नेपालमा भने लामो बहसपछि दूरसञ्चार कम्पनी बैंकीङ कारोबारमा आउन लागेको हो ।

5775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?