जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रभु महालक्ष्मी लाइफको नाफा ४५ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा ७ अर्ब संचिति

प्रभु महालक्ष्मी लाइफको नाफा ४५ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा ७ अर्ब संचिति

भर्खरै मर्जर प्रक्रिया सम्पन्न गरेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४४ दशमलव ६७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले  १० करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । एक्चुरी भ्यलुएशन पछि बीमा कम्पनीको वास्तविक नाफा आउने छ।

कम्पनीको जीवन बीमा कोष १३८ दशमलव ५८ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ७ अर्ब २४ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा जीवन बीमा कोषमा ३ अर्ब ३ करोड रुपैयाँ थियो । त्यस्तै जगेडा कोष ७३ दशमलव ९५ प्रतिशतले वृद्धि हुँदै ७४ करोड ७३ लाख पुगेको छ ।

समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन १६ दशमलव ९१ प्रतिशतले घटेको छ । असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन  १ अर्ब ९० करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन  २ अर्ब २९ करोड थियो ।

कम्पनीले गत आर्थिक वर्ष ८३ करोड १० लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा  ४३ करोड ४१ लाखको दाबी भुक्तानी भएको थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी  ४ अर्ब २९ करोड पुगेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ  ०७ पैसा रहेको छ ।

830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका