जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • सानिमा रिलायन्सको कुल बीमा शुल्क आर्जन २.७८ अर्ब, बीमा कोषमा १२.६९ अर्ब संचिति

सानिमा रिलायन्सको कुल बीमा शुल्क आर्जन २.७८ अर्ब, बीमा कोषमा १२.६९ अर्ब संचिति

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८० /८१को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

४ अर्ब १८ करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २१ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९६.४८ प्रतिशतले वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म महाविपत्तीकोषमा ११ करोड ८३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ९२ करोड १५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा १० अर्ब ९१ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा पुष मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार १६.३० प्रतिशतले वृद्धि भएर १२ अर्ब ६९ करोड पुगेको छ ।

पुष मसान्तसम्ममा कम्पनीले २ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १८ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १३६.०७ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले यस अवधिमा २ अर्ब ६२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १३७.०५ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले २८ करोड ७९ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६१ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी १०.५० रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२५.४४ रुपैयाँ रहेको छ ।

1025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका