जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • नेको इन्स्योरेन्सको १५.५ प्रतिशत बोनस शेयर घोषणा

नेको इन्स्योरेन्सको १५.५ प्रतिशत बोनस शेयर घोषणा

नेको इन्स्योरेन्स कम्पनीले १६ दशमलब ३२ प्रतिशत लाभांस घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांस घोषणा गरेको हो ।

कम्पनीले घोषणा गरेको लाभांस आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्न सक्ने छन् । गत वर्ष नगद लाभांस दिएको कम्पनीले यस वर्ष पूँजी बढाउन बोनस शेयरलाई प्राथमिकता दिएको हो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ३१ करोड रुपैयाँ रहेको छ । कम्पनीले घोषणा गरेको २० करोड ४२ लाख रुपैयाँको बोनस शेयर वितरण पछि चुक्ता पूँजी एक अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ । हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य १७०७ रुपैयाँ रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोज नगर्दासम्म कायम शेयरधनीले प्रस्तावित लाभांस प्राप्त गर्न सक्ने छन् ।

6930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका