जोडिनुहोस
मङ्लबार, जेष्ठ १६, २०८०
मङ्लबार, जेष्ठ १६, २०८०
  • होमपेज
  • ५५ खर्ब रुपैयाँ पुग्यो बैंक वित्तीय संस्थाको निक्षेप

५५ खर्ब रुपैयाँ पुग्यो बैंक वित्तीय संस्थाको निक्षेप

बैंक तथा वीत्तीय संस्थाहरुको कुल निक्षेप ५५ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैकका अनुसार, बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको समेत गरी कुल निक्षेप ५५ खर्ब नाघेको हो। कुल निक्षेपमध्ये बाणिज्य बैंकहरुको ४८ खर्ब ५१ अर्ब पुगेको छ।

बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी पनि साढे ४८ खर्ब पुगेको छ। राष्ट्र बैंकका अनुसार, ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाहरुको कुल ऋण लगानी ४८ खर्ब ४६ अर्ब पुगेको हो।

यसमध्ये बाणिज्य बैंकहरुको मात्र ४२ खर्ब ९५ अर्ब रुपैयाँ छ।

निक्षेप बढ्ने तर कर्जा बिस्तार सुस्त हुने हुँदा अहिले बैंकहरुको कर्जा-निक्षेप अनुपात घट्दै गएको छ। औषत कर्जा निक्षेप अनुपात ८४.७४ प्रतिशत छ। तरलतामा सुधार भएपनि अन्तर बैंक सापटी दर भने घटेको छैन। अहिले पनि सात प्रतिशतमा अन्तर बैंक सापटी चलिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका