जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाल इन्स्योरेन्स कम्पनी विश्लेषण

नेपाल इन्स्योरेन्स कम्पनी विश्लेषण

कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २७ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रु. १३ करोड ४० लाख ८४ हजार नाफा कमाएकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. १७ करोड १ लाख २२ हजार पुगेको हो ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । चुक्ता पुँजी रु. १ अर्ब १५ करोड ३ लाख रहेको कम्पनीले जगेडा कोषमा रु. ४० करोड १७ लाख ३५ हजार र बीमा कोषमा रु. ५० करोड ७१ लाख ६० हजार सञ्चित गरेको छ ।

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. ९६ करोड ८४ लाख ३२ हजार बीमाशुल्क आर्जन गरेको हो । गत आवको तुलनामा चालू आवमा बीमाशुल्क आर्जन १२ प्रतिशतले वृद्धि भएको हो  । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रु. ८५ करोड ८९ लाख ८० हजार बीमाशुल्क आर्जन गरेको थियो ।

प्रतिशेयर आम्दानी रु. १९ दशमलव ७२, मूल्य आम्दानी अनुपात रु. ४२ दशमलव ५५ र प्रतिशेयर नेटवर्थ रु. १७९ दशमलव ०१ रहेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर वितरण गरेको हो । सोमवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ८२२ पुगेको छ ।

निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा ग्रेभस्टोन डोजी बनेको छ । यस्तो मैनबत्तीले कम्पनी बियरिस बजारमा प्रवेश गर्ने संकेत गर्छ । आरएसआई न्युट्रलजोन ५४ दशमलव ५२ बिन्दुमा छ ।

यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ७ दशमलव २२ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ ।

यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

सोमवारको शेयरमूल्य रु. ८२२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ७९८ मा टेवा पाउनेर महँगिए रु. ८३५ मा प्रतिरोध पाउने देखिन्छ ।

7565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?