जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • एनएमबि बैंकको खाता अनलाईनबाटै कनेक्ट आईपीएसमा भेरीफाई गर्न सकिने, कसरी ?

एनएमबि बैंकको खाता अनलाईनबाटै कनेक्ट आईपीएसमा भेरीफाई गर्न सकिने, कसरी ?

एनएमबि बैंकका ग्राहकले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाईनबाटै सेल्फ भेरिफाई गर्न सक्ने भएका छन् । यस सुविधासँगै बैंकका ग्राहकले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरीफाई गर्नका निम्ति बैंकको शाखा पुग्नु पर्ने छैन र अनलाईनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सक्नेछन् ।

हालको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलहरु मार्फत पनि फण्ड ट्रान्स्फर तथा अन्य भुक्तानीका निम्ति कनेक्ट आईपीएसको प्रयोग निकै बढ्दै गइरहेको छ र एनएमबि बैंकको यस अनलाईन सुविधाको थालनीले बैंकका ग्राहकलाई हालको लकडाउनको अवस्थामा थप सहज हुने विश्वास गरिएको छ ।

अन्लाईन सेल्फ भेरिफाई गरिएका खाताका लागि बैंकले प्रतिदिन १ लाख तथा प्रतिमहिना १० लाख रुपैयाँसम्मको कारोबार सीमा प्रदान गरेको छ । त्यस्तै, कनेक्ट आईपीएसमा रहेको पूर्ण कारोबार सीमाको लागि भने ग्राहकले बैंकमा फर्म बुझाएर एक पटक भेरीफाई गराउनु पर्ने हुन्छ ।

यसरी अनलाईनबाट सेल्फ भेरिफाई गर्ने सुविधा हाल १६ वाणिज्य बैंकहरु, ६ विकास बैंकहरु र १ फाइनान्स कम्पनीमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तिय संस्थाहरुमा पनि आवश्यक पहल भइरहेको छ । कनेक्ट आईपीएसमा हाल ५४ बैंक वित्तिय संस्था सदस्य रहेका छन् ।

बैंक खाता लिंक गरी अनलाईन सेल्फ भेरिफाई कसरी गर्ने ?
१. कनेक्ट आईपीएसमा ‘लिंक अकाउन्ट’ अपसन भित्र आवश्यक विवरण दखिला गरी खाता लिंक गर्ने
२. ‘म्यानेज एकाउन्ट’ भित्र लिंक गरिएको खातामा ‘सेल्फ भेरिफाई अकाउन्ट’ मा क्लिक गर्ने
३. रजिष्टर गरिएको मोबाईल नम्बरमा प्राप्त ओटीपी (वानटाईम पासवर्ड) दखिला गर्ने
४.अनलाईन लिंक गर्न खोजिएको खातामा जम्मा भएको दुइवटा रकमहरु(माइक्रो डिपोजिट) दखिला गरी प्रकृया पूरा गर्ने
५. अब लिंक गरिएको खातामार्फत मोबाईल एप र वेबबाट सजिलै कारोबार गर्न सकिन्छ ।

अन्लाईन सेल्फ भेरिफाई प्रकृयाको लागिभने ग्राहकले कनेक्ट आईपीएसमा रजिष्टर गरेको मोबाईल नम्बर र बैंकमा रहेको मोबाईल नम्बर भने एउटै हुनु पर्ने हुन्छ । सेल्फ भेरिफाई गरिएका खाताको कारोबार सीमा बैंकबाटै तोकिने हुँदा विभिन्न बैंक वित्तिय संस्थाले उपलब्ध गराएको सीमा फरक हुन सक्ने बैंकले जानकारी गराएको छ ।

5785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका