जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • ६ महिनापछि सुन तोलाको ९० हजार, अन्तर्राष्ट्रिय बजार मूल्यमै क्रमिक गिरावट

६ महिनापछि सुन तोलाको ९० हजार, अन्तर्राष्ट्रिय बजार मूल्यमै क्रमिक गिरावट

क्रमिकरूपमा ओरालो लागेको सुन सोमबार प्रतितोला ९० हजार रूपैयाँ भएको छ। लगातार उकालो लागेको मूल्य करिब ६ महिनापछि पुनः घटेर ९० हजारमा आइपुगेको हो।

आइतबारका तुलनामा सोमबार तोलामा ७ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। साताको पहिलो दिन आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँ थियो। गत शुक्रबारका तुलनामा आइतबार ६ सय रुपैयाँ घटेको थियो। यस अघि सुनको मूल्यमा उतारचढाव भएर तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो भने घट्दा पनि प्रतितोला ९३ हजार ५ सय रुपैयाँभन्दा तल विरलै ओर्लिएको थियो।

कोरोना संक्रमण नियन्त्रणका चरणहरू सुरू भएर अन्तर्राष्ट्रिय बजारमा लगानीका क्षेत्र सहज हुँदै जाँदा सुन चाँदीको मूल्यमा गिरावट आएको व्यवसायीले बताएका छन्। लगानीका अन्य क्षेत्र खुम्चिँदा लगानीकर्ताहरू सुन चाँदीतर्फ आकर्षित थिए। सेयर बजारले पुनः गति लिएपछि अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको भाउ क्रमिक घट्दा नेपालमा पनि सोझो असर परेको व्यवसायीहरूको भनाइ छ।

अन्तर्राष्ट्रिय बजारमा लगानीका अन्य क्षेत्र सबल भइरहे सुनचाँदीको मूल्य अझै घट्न सक्ने अनुमान विश्लेषकहरूको छ। कोरोना भाइरसविरुद्धका खोपको परीक्षणले सफलता पाउन थालेका खबर आइरहँदा संसारका शक्ति राष्ट्रहरूमा स्वास्थ्य क्षेत्रमा लगानी बढेको छ।

चाँदीको मूल्य सोमबार अघिल्लो दिनको भन्दा ३० रुपैयाँले घटेर तोलाको एक हजार २० रुपैयाँ भएको छ। आइतबार चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो। यस अघि बढेर तोलाको १४ सय रुपैयाँसम्म पनि पुगेको थियो। घट्दा ११ सय ५० रुपैयाँसम्म भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १७६९.७२ डलर र चाँदी २२.१२ डलरमा कारोबार भएको छ।

7195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका