जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • हिमालयन रिको अध्यक्षबाट शेखर गोल्छाले दिए राजीनामा

हिमालयन रिको अध्यक्षबाट शेखर गोल्छाले दिए राजीनामा

हिमालयन रि इन्स्योरेन्सको अध्यक्षबाट शेखर गोल्छाले राजीनामा दिएका छन्। गोल्छाले गत फागुन २५ गते राजीनामा दिएका थिए। कम्पनीको चैत ५ गते बसेको संचालक समितिको बैठकले राजीनामा स्वीकृत गरेको छ।

गोल्छाले ‘इनहाउस’कै कम्पनी हुलास फिनसर्भको सेयर दोस्रो बजारमा निष्कासन प्रकृयामा रहेको र त्यसैमा आफ्नो ध्यान केन्द्रित गर्नु परेकाले हिमालयन रिबाट राजीनामा दिएको बताएका छन्।

हुलास फिनसर्भ हायर पर्चेच कम्पनी हो। कम्पनीले साधारण सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ।

कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने तयारी गरेको छ। अंकित मूल्य १०० रुपैयाँको सेयर २५८.८५ रुपैयाँ प्रिमियम थपेर ३५८.८५ रुपैयाँ दरले निष्कासन गर्ने तयारी कम्पनीको छ। कम्पनीले ७४ करोड ४६ लाख १३ हजार रुपैयाँको सेयर निष्कासन अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ।

470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका