जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सानिमा बैंकको मोबाईल बैकिङ्ग एपमा रेमिट्यान्स सेवा पनि

सानिमा बैंकको मोबाईल बैकिङ्ग एपमा रेमिट्यान्स सेवा पनि

सानिमा बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाईल बैकिङ एप सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ ।

जस अन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक रेमिट्यान्स सोझै मोबाईल बैकिङ्ग एपबाट पठाउन सक्ने बैंकले जनाएकाे छ ।

ग्राहकले  रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको “सेन्ड रेमिट्यान्स” मार्फत् सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुविधा मध्ये एक रोज्न सक्नेछन् । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ । यसका साथै मोबाईल बैकिङ्ग एपमा रहेको “रिसिभ रेमिट्यान्स” प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै बैक खातामा संकलन वा प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।

ग्राहकहरुले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टहरु मार्फत् रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन् । सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा सजिलो ई बैकिङ्गको वेभ भर्सनमा पनि उपलब्ध हुने बैंकले जनाएकाे छ ।

6695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?