जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सिटिजन लाइफ बागलुङ शाखाद्वारा बीमा दावी भुक्तानी

सिटिजन लाइफ बागलुङ शाखाद्वारा बीमा दावी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको बागलुङ शाखाले बीमा दावी वापतको रकम भुक्तानी गरेको हो ।

कम्पनीले बागलुङ नगरपालिका वडा नं १ स्थित बिमित बिमलेश आचार्यलाई उनकै निवासमा पुगेर घातक रोग लागे बापत १४ लाख ५८ हजार ७०० रुपैयाँ बीमितलाई हस्तान्तरण गरेको शाखा प्रमुख कमला शर्माले जानकारी दिइन् ।

बीमित आचार्यले २०७६ पौष महिनामा सिटिजन लाइफको बागलुङ शाखाबाट घातक रोगको सुविधा सहित वार्षिक बीमा शुल्क १ लाख ६८ हजार रुपैयाँ बुझाउने गरी सिटिजन शुभारम्भ योजना खरिद गरेका कम्पनीले जनाएको छ ।

बीमा गरेको करिब ४ वर्षको अवधिमानै प्राणघातक रोग लागेकोले बीमित आचार्यलाई दाबी रकम बापतको चेक हस्तान्तरण गरेको हो ।

बीमा दावी भुक्तानी कार्यक्रममा शाखा प्रमुख कमला शर्मा सहित कर्मचारी बिकाश सापकोटा, सिनियर एजेन्सी मेनेजर अस्मिता गौतम, एजेन्सी म्यानेजर सिर्जना जिसी चोखाल, एजेन्सी म्यानेजर सम्झना कार्की आचार्य लगायतका अन्य समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

2980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका