जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको नाफा आश्चर्यजनक

वाणिज्य बैंकहरुको नाफा आश्चर्यजनक

नेपालका २८ वाणिज्य बैंकहरुको नाफा हेर्दा पत्याउनै गाह्रो जस्तो गरि भटाभट प्रकाशित भइरहेका छन् । नेपालको पूरानो बैक नबिल बैंकले तीन अर्ब भन्दा बढी नाफा कमाएर सबैलाई चकित बनाई दिएको छ ।

२८ वाणिज्य बैंकहरु मध्ये १८ वाणिज्य बैंकहरुले हालसम्म तेश्रो त्रैमासिक वित्तिय विवरण वाहिर ल्याएका छन् । ती सबै बैंकहरु अर्वपति क्लबमा छिरेका छन् । खुशी छन् । तर नाफा के हो ? कसरी यत्रो नाफा हुन्छ ? यो चाँही खोजीको विषय बन्दै गएको छ ।

नेपालमा एउटै व्यापार छ । नाफा कमाउने त्यो हो बैंक । सधै जीवनभरी घाटा भन्ने शब्द बैंकहरुमा लेख्न र पढ्न कमै पाउने गरिन्छ । अर्बै लगानी गरेका उद्योग टाट पल्टेका उदाहरण हामीसंग छन् । तर, ति उद्योगहरुलाई चर्को मूल्यमा कर्जा प्रवाह गरेका बैंक सधैं नाफामा छन् । कस्तो अचम्म छ यो नेपालमा ? विगतका २÷३ वर्ष देखि नेपालमा तरलताको चर्को अभाव बैंकहरुमा देखिएको छ ।

केही महिना अगाडी १३÷१४ प्रतिशतमा बैंकहरुले डिपोजिट लिएर सिसिडी रेसियो मेन्टेन गरे । लगानी योग्य रकम नभएर दिएका कर्जाको पैसा विकास बैंकहरुसंग सापटी लिएर दिए तर ३ महिनाको यो छोटो अवधीमा बैंकहरुले अर्बभन्दा बढी नाफा कसरी कमाए ? यो साच्चैको नाफा हो कि नक्कली नाफा हो । गर्भनर साब ?
अहिले बजारमा वाणिज्य बैंकहरुको नाफाको चर्चा चुलिएको छ । तछाड मछाड गर्दै को भन्दा को कम गर्दै नाफाको लिष्ट बजारमा ल्याएका १८ वाणिज्य बैंकहरुको वित्तिय विवरण हेर्ने हो भने सबै बैंक अर्बपति क्लब भित्र छिरेका छन् । पुरानो नबिल बैंक देखि नयाँ मेगा बैंकको नाफा १ अर्ब देखि ३ अर्ब सम्म छ ।

के नाफा सहि र सत्य हो त भनी पूर्व बैंकर अनलराज भट्टराईसंग प्रतिक्रिया माग्दा उनीले भनेः– बैंकहरुले मर्जर गरेर ८ अर्ब पु¥याए । आफू ठूलो बैंक भएको भन्ने भान सबै २८ वाणिज्य बैंकहरुलाई छ । बजार प्रतिपर्धी छ । नाफा कमाउनु राम्रो हो । सत्य पनि होला तर यथार्थमा के हो त्यो बैंकका सीइओहरुलाई नै थाहा होला ।

पूराना बैंकर एवं पूर्व नेपाल बैंकर संघका अध्यक्ष एवं नबिल बैंकका सीइओ अनिल केशरी शाह नविल बैंकको सीइओ बनेपछि बैंकले चमत्कार मात्रै गरेन महाचमत्कार गरेर नाफा कमाएको छ । त्यो आफैमा राम्रो र सुखद पक्ष मान्नै पर्दछ । तर नबिलको जस्तो सिको गरी अरु पूँजी ८ अर्ब अझै नपु¥याएका केही बैंकहरुको नाफा आश्चर्यजनक देखिन्छ । नाफा कमाउनु राम्रो पक्ष भए पनि नाफा सक्कली कि नक्कली हो त्यो छानबीन हुनु जरुरी छ ।

जसरी नेपाली नेताहरु रातारात धनी भए त्यसैगरी बैंकहरु पनि रातारात अर्ब भन्दा बढि नाफा कमाउन थाले । यो खोजीको विषय अब चाहि बन्नै पर्ने हो कि गर्भनर डा. चिरनजीवी नेपाल ज्यू ?

चालु आवको तेस्रो त्रैमासमा खुद मुनाफा सबैभन्दा बढी कमाउने अर्थात ३ अर्ब रुपैयाँ पु¥याउनेमा नबिल बैंक रहेको छ । नबिल बैंकले ३ अर्ब १९ करोड १० लाख रुपैया आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यस बैंकले जम्मा ३.१७ प्रतिशतले नाफा बृद्धि गरेको हो ।

त्यस्तै २ अर्ब रुपैयाँ पु¥याउने नेपाल बैंक र एभरेष्ट बैंक रहेका छन् । १८ वटा बैंकहरुमा सबैभन्दा कम नाफा कमाउनेमा कुमारी बैंक रहेको छ । जसको नाफा पनि १ अर्ब ३२ लाख रुपैयाँ रहेको छ । यी २८ वाणिज्य बैंकहरु सबैको नाफा अझै आउन बाँकी छ । तर बाहिर आएका १८ वाणिज्य बैंकहरुको नाफा आश्चर्यजन छ । सचेत भया । राजतिलक साप्ताहिक

6825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका