

आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारकालागि करीब ३ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण सरकारलाई प्रदान गरेको छ ।
आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलवार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय हृदयेश त्रिपाठीलाई संयुक्तरुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।
फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, सेती प्रादेशिक अस्पताल धनगढी र निजामती कर्मचारी अस्पताल मीनभवन, काठमाडौंलाई २०र २० थानका दरले ८० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।